लुम्बिनी विकास बैंकद्वारा सहारा फुटबल एकेडेमीलाई आर्थिक सहयोग
वि.सं.२०७९ पुस १४ बिहीवार १६:०८
shares

लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सहारा एकेडेमी पोखराद्वारा पोखरा-१७, दोबिल्लामा सञ्चालित सहारा फुटबल एकेडेमीलाई आर्थिक सहयोग गरेको छ । विगत बर्षहरुमा गरिरहेको सहयोगलाई निरन्तरता दिँदै आर्थिक सहयोगस्वरुप बैंकले २ लाख ४३ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।
बैंकका सञ्चालक रामचन्द्र सिग्देलले क्लबका अध्यक्ष हरिराम गुरुङलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । सिग्देलले सहारा एकेडेमीमा आश्रित बालबालिकाहरुलाई सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताए । सहाराले निकै राम्रो र प्रशंसनीय कार्य गर्दै आएको उल्लेख गर्दै सञ्चालक सिग्देलले क्लबको प्रशंसा पनि गरे । बैंकले गरेको सहयोगका लागि आभार प्रकट गर्दै क्लबका अध्यक्ष गुरुङले सहयोग रकम एकेडेमीमा आश्रित बालकहरुको खाजा र खानाका लागि खर्च गरिने बताए ।
एकेडेमीमा हाल १५ जिल्लाका कठिन एवं विपन्न परिस्थितिका ४५ जना बालक छन् । सहारा क्लब पोखराले उनीहरुको लालनपालन, शिक्षासँगै फुटबल प्रशिक्षण दिँदै आएको छ । क्लबले २०६१ सालदेखि एकेडेमी सञ्चालन गरिरहेको हो ।
लुम्बिनी विकास बैंक लिमिटेडले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

























