global ime bank Long Banner Ad

गृहपृष्ठ सूर्या लाइफ र ज्योति लाइफकाे एकीकृत कारोबार सुरू

सूर्या लाइफ र ज्योति लाइफकाे एकीकृत कारोबार सुरू

सूर्या लाइफ र ज्योति लाइफकाे एकीकृत कारोबार सुरू

सूर्या लाइफ र ज्योति लाइफ मर्जरपश्चात् बिहीबारदेखि संयुक्त कारोबार थालेका छन् । गत असार १२ गते मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका दुई कम्पनीले सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नाममा संयुक्त कारोबार सुरू गरेका हुन् ।

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाम मा कारोबार भएसँगै सो कम्पनीको रजिस्टर्ड कार्यालय विराटनगरमा भएसँगै केन्द्रीय कार्यालय भने शान्ताप्लाजा ज्ञानेश्वर हुने तय भएको छ । कम्पनीको अध्यक्षमा केशव प्रसाद भट्टराई चयन भएका छन् भने प्रकाश विक्रम खत्री प्रमुख कार्यकारी अधिकृत तथा पवन कुमार खड्का नायब प्रमुख कार्यकारी अधिकृत भएका छन् ।

मर्जरपश्चात सूर्यज्योतिको कुल चुक्ता पुँजी ४ अर्ब ५४ करोड र कुल लगानी २८ अर्बभन्दा बढी पुग्नुका साथै दुई कम्पनीको आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिकसम्मको कुल जीवन बिमाकोष २२ अर्ब, कुल बिमाशुल्क २ अर्ब २७ करोडभन्दा बढी तथा नाफा भने ४२ करोड पुगेको छ ।

कम्पनीको कुल कर्मचारी संख्या करिब ७००, कुल अभिकर्ता संख्या करिब ७५००० भन्दा बढी, प्रोडक्ट संख्या १५ सँगै देशभर सात प्रदेशमा १८१ शाखाबाट १३ लाख बढी बीमितलाई सेवा दिँदै सूर्यज्योति विशाल कम्पनी भएको छ ।

प्रकाशित समय : १५:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु