काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मुक्तिनाथ विकास बैंक र गुरु ट्राभल्सबीच व्यवसायिक सहकार्य

9.83K
shares

गुरु ट्राभल्स लिमिटेड र मुक्तिनाथ विकास बैंकबीच व्यवसायिक सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

मुक्तिनाथ विकास बैंक, प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलको उपस्थितिमा बैंकका तर्फबाट संस्थाका सह नायब प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरूङ तथा गुरु ट्राभल्स लिमिटेडका प्रमुख सञ्चालन अधिकृत अनिल धरेलले सो समझदारीपत्रमा हस्ताक्षर गरे ।

सहमतिबमोजिम गुरु ट्राभल्स लिमिटेडले बैंक तथा यसका कर्मचारीहरूलाई अधिकारिक ट्राभल्स पार्टनरको रूपमा ट्राभल्स सेवामा विशिष्टीकृत सेवाका साथ विभिन्न छुट तथा सुविधाहरु उपलब्ध गराउने छ । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पोखरेलले एकआपसमा जोडिन पाउँदा हर्षित भएको एवं भविष्यमा एक अर्कासँग सहकार्य कायम रहने विश्वास रहेको बताए ।