global ime bank Long Banner Ad

गृहपृष्ठ बन्चरेडाँडा जाने सडक स्तरोन्नति गरिँदै

बन्चरेडाँडा जाने सडक स्तरोन्नति गरिँदै

काठमाडौंको फोहोर व्यवस्थापन प्रभावित हुने

बन्चरेडाँडा जाने सडक स्तरोन्नति गरिँदै

आगामी एक हप्ता काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने भएको छ । बन्चरेडाँडा जाने सडक मर्मत गर्नुपर्ने भएकाले फोहोर व्यवस्थापन प्रभावित हुने शहरी विकास मन्त्रालयले जनाएको छ ।

सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर सडक मर्मतको काम भइरहेकाले आगामी एक हप्ता व्यवस्थापनको काम नहुने मन्त्रालयले जनाएको हो ।

फोहरका गाडी आवतजावत गर्दा बाटो मर्मतको काममा समस्या आउने भएकाले केही दिन फोहरका गाडी नपठाउन मन्त्रालयले काठमाडौं महानगरपालिकालाई आग्रह गरेको छ ।

महानगरपालिकाले बिहीबार सार्वजनिक सूचनामार्फत यस अवधिमा आ–आफ्नो घर, पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहरलाई सडक, चोक, सार्वजनिक स्थलमा नफाल्न भन्दै घरभित्रै छुट्टाछुट्टै राख्न अपिल गरेको छ ।

प्रकाशित समय : १७:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु