global ime bank Long Banner Ad

गृहपृष्ठ विपीन कार्की : चरित्रमा बाँच्न कोसिस गर्ने अभिनेता

विपीन कार्की : चरित्रमा बाँच्न कोसिस गर्ने अभिनेता

विपीन कार्की : चरित्रमा बाँच्न कोसिस गर्ने अभिनेता

अभिनेता विपीन कार्की आफ्ना चरित्रमार्फत चिनिन्छन् । लूट, छड्के, पशुपतिप्रसाद, नाका, हरि लगायतमा उनले निर्वाह गरेको चरित्रले पहिचान स्थापित गर्‍यो ।

फिल्म ‘जात्रा’पश्चात मात्र दर्शकले चिन्न थालेता पनि जात्रैजात्रा, प्रसाद, सेल्फी किङमार्फत आफूसँगै चरित्रमा भिन्नता ल्याउन सफल अभिनेता कार्की रंगमञ्च हुँदै ठूलो पर्दामा स्थापित भएका हुन् । उनले हरेक फिल्ममा आफूलाई पात्रमार्फत चिनाउन प्रयास गर्छन् । ‘जात्रा’ सिरिजमा अभिनेत्री वर्षा राउतका श्रीमानकाे भूमिका निर्वाह गरेका अभिनेता कार्कीले ‘के घर के डेरा’मा पिता बन्ने प्रस्ताव स्वीकार गरे । यद्यपि निर्देशक दीपेन्द्रकुमार खनालले श्रीमानकै भूमिकामा ल्याए ।

उक्त भूमिकालाई अभिनेता कार्कीले ‘फूलबारी’मा प्रयोग गरे । फिल्ममा उनी अवकाशप्राप्त शिक्षकको भूमिकामा छन् । उनी वास्तविक उमेरभन्दा बढी देखिएका छन् । प्रायः अभिनेताले उमेरभन्दा बढीको भूमिका नकार्ने गर्छन् । ‘म चरित्र बाँच्ने कोसिस गर्छु । त्यहाँ म पात्र हुँ । मैले सहजै भूमिका स्वीकार्ने गर्छु,’ अभिनेता कार्कीले भने, ‘निर्देशकहरू दर्शकको भावना, मेकअप आर्टिस्टको कामले गर्दा पनि फरक गेटअप दिन रुचाएको पाउँदिनँ । यद्यपि म भने फरक रुपमै आफूलाई प्रस्तुत गर्न चाहन्छु ।’

उनी फिल्ममा दयाहङ राईको समेत अभिभावक बनेका छन् । प्राविधिक कठिनाइले गर्दा आफूले चाहेको चरित्र अझै पर्दामा ल्याउन नसकेको उनको गुनासो छ । अभिनेता राई अभिनेता कार्कीको चरित्र निर्माण र त्यसमा बिताउने समयदेखि प्रभावित छन् । ‘हामीले केही फिल्ममा सँगै काम गरेका छौं । उहाँको चरित्रप्रतिको गम्भीरता र निर्माणमा गरेको मेहेनतले मजस्तो कलाकारलाई ऊर्जा दिन्छ,’ अभिनेता राईले भने ।

अभिनेता राई र कार्कीले लूट सिरिज, जात्रैजात्रा र के घर के डेरामा सँगै काम गरेका छन् । उनीहरू दुई अभिनित पछिल्लो फिल्म ‘फूलबारी’ आउँदो फागुन ५ गते प्रदर्शन हुँदैछ ।

प्रकाशित समय : १४:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु