काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मञ्जुश्री फाइनान्समा अनलाइनमार्फत खाता खोल्ने सुविधा

8.32K
shares

मञ्जुश्री फाइनान्स लिमिटेडले अब अनलाइन सेवामार्फत खाता खाल्ने सुविधा उपलव्ध गराएको छ । साथै ‘मञ्जुश्री प्रिमियम बचत खाता’ र १ वर्ष वा सोभन्दा बढी अवधिको व्याक्तिगत मुद्दती निक्षेपमा दुर्घटना तथा स्वास्थ्य बिमासमेत समावेश गरिएको छ ।

स्मार्ट टेलरद्वारा भुक्तानीको सेवा, क्यूआर कोड भुक्तानीको सेवा, मोबाइल बैंकिङ, एटीएम कार्ड, अन्य आधुनिक बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको छ । यस संस्थाले २०७९ मंसिरसम्म १२ अर्ब ४५ करोड रूपैयाँ निक्षेप संकलन तथा ११ अर्ब ७४ करोड रूपैयाँ कर्जा लगानी रहेको छ ।

मञ्जुश्री फाइनान्स लिमिटेडकाे केन्द्रीय कार्यालय काठमाडाैंस्थित नयाँ बानेश्वरमा रहेकाे छ । यसकाे शाखा कार्यालयहरू न्युरोड, चाबहिल, गोंगबु, कलंकी, कुमारीपाटी, नारायणगढमा रहेको छ ।

मञ्जुश्री फाइनान्स पर्सा बजार, भरतपुर, टाँडी, गैंडाकोट, बुटवल, मुर्गिया, योगीकुटी, मनिग्राम, भैरहवा, धनगढी, इटहरी, विराटचोक, झुम्का, इनरुवा, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा, बीरगञ्ज लगायतका शाखाबाट कारोबार गरिरहेको राष्ट्रिय स्तरको वित्तीय संस्था हो ।