गृहपृष्ठ अशोक लेल्याण्डको ‘भाइकिङ१२ एम प्राइम’ बस नेपालमा सार्वजनिक

अशोक लेल्याण्डको ‘भाइकिङ१२ एम प्राइम’ बस नेपालमा सार्वजनिक

अशोक लेल्याण्डको ‘भाइकिङ१२ एम प्राइम’ बस नेपालमा सार्वजनिक

आइएमई मोटर्सले अशोक लेल्याण्डको भाइकिङ १२एम प्राइम बस नेपाली बजारमा ल्याएको छ । ४४ सिट बसका चारवटा युनिटको वितरण पनि उद्घाटनको क्रममा सोही दिन गरिएको थियो । अशोक लेल्याण्डको नेपालका लागि आधिकारिक वितरक आइएमई मोटर्स हाे ।

यस अवसरमा आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले भने, ‘ग्राहकहरूले पहिले नै नेपालमा अशोक लेल्यान्डका बस र अन्य सवारीसाधनलाई रुचाउँदै आएका छन् र अझ धेरै सुविधा र अत्याधुनिक र उत्कृष्ट प्रविधि सहितको १२ मिटर भाइकिङ बस सञ्चालनमा ल्याउन पाउँदा हामी खुसी छौं । लामो दुरीको यात्रा अब ग्राहकका लागि थप सहज र सुरक्षित र सञ्चालक र मालिकहरूका लागि बढी लाभदायक हुने कुरामा निश्चित छ ।’

बसमा टर्बो चार्जर र इन्टरकुलर सहितको ५,७६० सीसी एच सिरिज ६ सिलिन्डर डिजेल इन्जिन छ, जसले १८० एचपी पावर र ६७० एनएम टर्क जेनेरेट गर्छ । यो बसमा इनलाइन इन्धन पम्प छ, जसले यसको मर्मत खर्च घटाउँछ । यसमा न्युमेटिक एक्च्युएसन सहितको १५ इन्चको क्लच र ओभरड्राइभ सहितको जेटएफ६ फरवार्ड स्पीड सिन्क्रोमेश गियरबक्स छ। यसले जर्मनीमा उत्पादित गियरबक्सको आयु बढाउन भूमिका खेल्छ ।

इन्टिग्रल पावर स्टेयरिङ र डबल एक्टिङ शक अब्जर्बरसहितको वेभलर फ्रन्ट सस्पेन्सन र लेभलिङ भल्भसहितको रियर एयर सस्पेन्सनले बसलाई आरामदायी बनाउन भूमिका खेलेको छ । एबीएस र सेवा ब्रेक, पार्किङ ब्रेक र सहायक ब्रेकजस्ता अन्य विभिन्न प्रविधिहरूले बसलाई सजिलै रोक्न वा सञ्चालनमा ल्याउन भूमिका खेल्छन् । सहायक ब्रेकको रूपमा इलेक्ट्रो-चुम्बकीय रिटार्डरले ब्रेक दक्षता र ब्रेक जीवन बढाउन मद्दत गर्दछ ।

यो बसमा बोल्ट क्रस मेम्बर सहितको बलियो ११ इन्च लडर प्रकारको च्यासिस छ, जसका कारण बस निकै सुरक्षित मानिन्छ । अशोक लेल्याण्ड भाइकिङ १२एम प्राइममा ३५० लिटरको इन्धन ट्यांकी र ६,२०० एमएम लामो ह्वीलबेस पनि छ ।

प्रकाशित समय : १४:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु