गृहपृष्ठ ‘विकास निर्माण गर्न मन्त्री नै बन्नु पर्छ भन्ने छैन’

‘विकास निर्माण गर्न मन्त्री नै बन्नु पर्छ भन्ने छैन’

जनता र आफूले चाहँदैमा प्रधानमन्त्री बन्न नसक्ने भनाइ

‘विकास निर्माण गर्न मन्त्री नै बन्नु पर्छ भन्ने छैन’

कांग्रेसका नेता प्रकशमान सिंहले जनताको काम गर्न मन्त्री नै हुनुपर्ने आवश्यकता नभएको बताएका छन् । काठमाडौंको शंखमुलमा शनिबार आयोजित कार्यक्रममा उनले विकास निर्माणका लागि मन्त्री हुनैपर्ने आवश्यकता नभएको औंल्याए ।

उनले भने, ‘म जनप्रतिनिधि हुँ । म मन्त्री, प्रधानमन्त्री हुँला/नहुँला तर जनप्रतिनिधिको पद त मैसँग छ नि । मैले गर्न सक्ने काम त म त्यसैबाट गर्न सक्छु,’ सिंहले भने । यद्यपि, प्रधानमन्त्री बन्न सके मुलुककै कायापलट गर्ने आत्मविश्वास आफूमा रहेको उनले बताए ।

प्रधानमन्त्री जनता र आफूले चाहँदैमा बन्न नसक्ने पनि सिंहको भनाइ थियो । उनले भने, ‘यो त तपाईंहरूले मात्रै चाहेर पनि हुँदैन । मैलेमात्रै चाहेर पनि हुँदैन । संसदीय दलको निर्वाचन हुँदैछ । त्यसमा निर्भर गर्छ ।’

प्रकाशित समय : १४:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु