गृहपृष्ठ सेञ्चुरी बैंक र काठमाडौं क्यान्सर सेन्टरबीच उपचारमा छुटसम्बन्धी सम्झौता
सेञ्चुरी बैंक र काठमाडौं क्यान्सर सेन्टरबीच उपचारमा छुटसम्बन्धी सम्झौता
सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र चाँगुनारायणस्थित काठमाडाैं क्यान्सर सेन्टरबीच कर्मचारी तथा ग्राहकको उपचार सेवा विषयमा सम्झौता भएको छ ।
बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ प्रयोगकर्ता, सम्पूर्ण ग्राहकहरु तथा बैंकका कर्मचारीहरुलाई काठमाडौं क्यान्सर सेन्टर, चाँगुनारायणमा विभिन्न सेवामा छुट प्रदान गर्ने गरी सम्झौता भएको हो । थ्रीडी सीआरटी सेवा, आइएमआरटी सेवा, भीएमएटी सेवालगायत अन्य सेवामा छुट दिने सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा काठमाडौं क्यान्सर सेन्टर, चाँगुनारायणका अध्यक्ष अन्जनी कुमार झा र बैंकको बागमती प्रदेश प्रमुख दिपेन्द्र बाबु विष्टले हस्ताक्षर गरेका थिए ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका १४८ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ र ११५ वटा एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
प्रकाशित समय : १३:४४ बजे

















