काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

राष्ट्रिय क्रिकेटका मुख्य प्रशिक्षक प्रभाकरको राजीनामा स्वीकृत

7.85K
shares

क्रिकेट एसोसियसन अफ नेपाल (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले दिएकाे राजीनामा स्वीकृत गरेको छ ।

क्यानले मुख्य प्रशिक्षक प्रभाकरकाे राजीनामा बिहीबार स्वीकार गरेको जनाएको छ । भारतीय प्रशिक्षक प्रभाकरले बिहीबारबाटै लागु हुने गरी राजीनामा दिएका थिए ।

प्रभाकरको प्रशिक्षणमा नेपालले पहिलोपटक टी-२० र एकदिवसीय श्रृंखलाका लागि केन्या भ्रमण गरेको थियो । जहाँ नेपालले टी-२०–२० श्रृंखला ३-२ ले जित्दा एकदिवसीय श्रृंखला भने ‘क्लिन स्वीप’ गरेको थियो । यस्तै, आइसीसी विश्वकप क्रिकेट लिग डिभिजन-२ अन्तर्गत नामिबियामा भएको त्रिदेशीय शृंखला प्रभाकरको प्रशिक्षणमा नेपालले खेलेको अन्तिम क्रिकेट प्रतियोगिता बन्यो । शृंखलामा नामिबिया र स्कटल्यान्डसँग समान दुई खेल खेले पनि नेपाल जितविहीन बनेको थियो ।

तत्कालीन मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि गत साउनमा क्यानले प्रभाकरलाई नियुक्त गरेको थियो । क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरेको थियो ।