फोटोनको इलेक्ट्रिक कार्गो भ्यान काठमाडौंमा
वि.सं.२०७९ मंसिर २९ बिहीवार १६:११
shares

बहुप्रतिक्षित फोटोन इलेक्ट्रिक भ्यान काठमाडौं ल्याइएको छ । केही समयअघि फोटोन मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोन मोटर्सको इलेक्ट्रिक कार्गो भ्यान नेपाली बजारमा घोषणा गरेको थियो ।
कम्पनीका अनुसार फोटोनका यी कार्गो भ्यानको ब्य्याट्री क्षमता ५०.२३ KWH छ। यी भ्यानहरुको रेञ्ज सिंगल चार्जमा २३५ किलोमिटरसम्म छ । यसको ८५ K इन्जिन क्षमताका छन् भने २९०Nm टर्क रहेको छ ।
७ क्युबिक मिटर स्पेस रहेका भ्यानले ११५०KG भार बहन क्षमता राख्छ । डिपार्टमेन्ट स्टोर, इकमर्स, फार्मेसी, हार्डवेयर, FMCG, कार्गो कुरियर, दुरसंचार प्रदायकजस्ता विभिन्न व्यवसायलाई बहुउपयोगी हुने कार्गो भ्यान काठमाडौं आएको कम्पनीले जनाएको छ ।
एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले आफूहरु सम्पूर्ण इलेक्ट्रिक हुने यात्रामा रहेको जनाएको छ । केही दिनभित्रै फोटोनका प्यासेन्जर भ्यान पनि आइपुग्ने जनाइएको छ ।

























