काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एकीकृत भन्सार जाँच केन्द्रलाई प्रभावकारी बनाउन अन्तर निकाय छलफल

7.27K
shares

नेपाल र भारतबीच सीमा नाकामा रहेका एकीकृत भन्सार जाँच केन्द्र (Integrated Check Post) हरूलाई थप सशक्त एवम् प्रभावकारी बनाउन पर्सा स्थित एकीकृत भन्सार जाँच केन्द्रको सभाहलमा मंगलबार अन्तर निकाय छलफल कार्यक्रम सम्पन्न भएको छ ।

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र वीरगंज भन्सार कार्यालय, पर्साका प्रमुख भन्सार प्रशासक नवराज ढुंगाना लगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा भन्सार कार्यालय एवं एकीकृत भन्सार जाँच केन्द्रका अधिकृतहरूको सहभागितामा उक्त छलफल कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल-भारतबीच भन्सार नाकाबाट भित्रिएका सामानहरूको चेकजाँचमा कडाई गरी राजश्व संकलनलाई बढोत्तरी गर्न प्रभावकारी अन्तरनिकाय समन्वय र सहकार्य सुनिश्‍चित गर्ने, राजश्व संकलनमा आउनसक्ने समस्याहरू पहिचान गरी निराकरणका उपायहरू पहिल्याउने, भन्सार छली नियन्त्रणमा कडाई गर्ने सम्बन्धमा वृह्‍त छलफल भएको थियो ।

सीमा क्षेत्रमा बनाइएका गोदामहरूलाई नियमित रूपमा चेकजाँच गर्ने, आकस्मिक निरीक्षण गर्ने र अनधिकृत एवं गैरकानुनी रूपमा नेपाल भित्र्याइएका सामानहरूलाई कानुनबमोजिम कारवाही गरी राजश्व संकलनलाई परिणाममुखी बनाउने लगायतका विषयहरूमा समेत छलफल भएको थियो ।