दुबईमा राजेश हमालले गरे ई-सेवा मनीको ‘मेरो डिजिटल देश’ प्रवर्द्धन
वि.सं.२०७९ मंसिर २७ मंगलवार १२:३६
shares

नेपाली चर्चित अभिनेता राजेश हमालले दुबईमा पुगेर ‘मेरो डिजिटल देश’को प्रवर्द्धन गरेका छन् । यो अभियान लुलु एक्सचेन्ज एन्ड ई-सेवा ट्रान्सफरको ग्लोबल इनिसिएटिभ हो । लुलु एक्सचेन्ज र इसेवा मनी ट्रान्सफरकै निमन्त्रणामा हमाल दुबई पुगेका हुन् ।
युएईमा रहेका नेपालीमाझ औपचारिक रुपमा डिजिटल कारोबार गर्ने लक्ष्यसाथ यो अभियान ल्याइएको जनाइएकाे छ । भ्रमणका क्रममा उनी धेरै क्याम्पमा सहभागी भएका थिए । उनले लुलु एक्सचेन्जका आउटलेट ब्रान्चहरु बुर दुबाई, जेबेल अलि शपर्स मल, मदिनात जायेद र शाबिया मलमा भ्रमण गरेका थिए । सो क्रममा यूएईका लागि नेपाली राजदूत कृष्ण ढकालसँग पनि हमाल र कम्पनीका प्रतिनिधिहरुले भेटवार्ता गरेका थिए ।
लुलु एक्सचेन्जका उपमहाप्रबन्धक शफीज फाजेल, एफ१ सफ्टका समूह रणनीति निर्देशक ड्यानियल डी श्रेष्ठ र ई-सेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला उक्त भेटमा सहभागी थिए । सो क्रममा अन्तर्सीमा रेमिट्यान्स इकोसिस्टममा जोडिने एक्सचेन्ज हाउस, पेआउट रेमिट्यान्स कम्पनी र नेपाली राजदूतावासले सहकार्य गरेर औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउनतिर प्रेरित गर्न सकिनेमा जोड दिइएको थियो ।
ई-सेवा मनी ट्रान्सफर नेपालको मेरो डिजिटल देश छ महिने इनिसिएटिभ हो । आगामी मार्च २०२३ मा यो अभियान सकिन्छ । यूएईमा रहेका नेपालीले इसेवा मनी ट्रान्सफरबाट सिधै बैंक खातामा वा इसेवा वालेटमा रकम पठाउन सक्छन् ।
यसरी हरेक महिना पैसा पठाउनेलाई कम्पनीले उपहारको व्यवस्था गरेको छ भने एक जनालाई काठमाडौं उपत्यकामा घर जित्ने अफर पनि रहेको छ ।

























