अपर तामाकोशीको बिक्री प्रबन्धकमा नागरिक लगानी कोष
वि.सं.२०७९ मंसिर २६ सोमवार १७:२४
shares

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको १:१ को अनुपातमा अर्थात (१ कित्ता सेयर बराबर १ कित्ता सेयर)का दरले साविकका सेयरधनीहरूलाई जारी गर्न लागेको छ ।
यसका लागि सेयर १०० रूपैयाँ दरले हुने १० अर्ब ५९ कराेड कित्ता हकप्रद साधारण सेयरको हुने रकम १० अर्ब ५९ कराेड बराबरको हकप्रद सेयर निष्काशन तथा विक्री प्रबन्ध सेवाको लागि नागरिक लगानी कोषलाई नियुक्त गरेको छ । नागरिक लगानी कोष र अपर तामाकोशी हाइड्रोपावर लिमिटेडबीच हकप्रद सेयर निष्काशन तथा विक्री प्रबन्ध सेवा प्रदान गर्ने विषयमा साेमबार दुईपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
नागरिक लगानी कोषले आफू मुख्य निष्काशन तथा विक्री प्रवन्धक भई सनराइज क्यापिटल लिमिटेड‚ कमलपोखरीलाई सह-निष्काशन तथा विक्री प्रवन्धकको रुपमा नियुक्त्त गरेको छ ।

























