global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ सनिगाड हाइड्रोले ६७ लाख ५० हजार कित्ता आइपीओ जारी गर्ने

सनिगाड हाइड्रोले ६७ लाख ५० हजार कित्ता आइपीओ जारी गर्ने

सनिगाड हाइड्रोले ६७ लाख ५० हजार कित्ता आइपीओ जारी गर्ने

सनिगाड हाइड्रो लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । उसले सनराइज क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रवन्धक नियुक्त गरेको छ ।

बझाङमा आयोजना क्षेत्र रहेको सनिगाड हाइड्रोले सर्वसाधारणहरुका लागि ६७ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । उक्त सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारी गरिरहेका नेपाली नागरिक तथा सर्वसाधारणसमेतका लागि हो ।

सनिगाड हाइड्रो कम्पनीका अध्यक्ष राजेशकुमार श्रेष्ठ तथा सनराइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठबीच साधारण सेयर निष्कासन गरिने सम्झौता गरिएको छ । दुई करोड २५ लाख रुपैयाँ रहेको सनिगाड हाइड्रोको विद्युत उत्पादनको क्षमता ३८.४६ मेगावाट रहेको छ ।

प्रकाशित समय : १४:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु