global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ कालिञ्चाेक दर्शनको आइपीओ : वैदेशिक रोजगारीमा गएकाले दिए ६ गुणा बढी आवेदन

कालिञ्चाेक दर्शनको आइपीओ : वैदेशिक रोजगारीमा गएकाले दिए ६ गुणा बढी आवेदन

कालिञ्चाेक दर्शनको आइपीओ : वैदेशिक रोजगारीमा गएकाले दिए ६ गुणा बढी आवेदन

कालिञ्चाेक दर्शन लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि निष्कासन गरेको आइपीओमा माग भन्दा ६.१७ गुणा बढी आवेदन परेको छ ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)का अनुसार दिउँसो १ बजेसम्म यो कम्पनीको आइपीओमा वैदेशिक रोजगारीमा गएका तीन हजार ४६ नेपालीले ६ लाख ६६ हजार २०० कित्ता सेयर माग गरेका छन् । उनीहरूबाट ६ करोड ६६ लाख २० हजार रुपैयाँ बराबरको आइपीओ माग भएकाे हाे ।

कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीलाई एक लाख ८०० कित्ता आइपीओ आरक्षणमा खुला गरेको छ । मंसिर १४ गतेदेखि निष्कासनमा आएको कम्पनीको आइपीओकाे आवेदन दिने समय यही मंसिर २८ गते बन्द हुँदैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि एक लाख २० हजार कित्ता आइपीओ निष्कासन गरेको छ ।

त्यसैगरी सुपरमादी हाइड्रोपावर लिमिटेडको आइपीओमा पनि वैदेशिक रोजगारीमा गएकाहरूले शुक्रबार १ बजेसम्मको अवधिमा वैदेशिक रोजगारीमा गएका दुई हजार २९८ जनाले तीन लाख १५ हजार ८१० कित्ता आइपीओ माग गरेका छन् ।

यो कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीलाई दुई लाख १० हजार कित्ता आइपीओ आरक्षणमा निष्कासन गरेको छ । कम्पनीको आइपीओमा आगामी पुस ६ गतेम्म स्थानीय र वैदेशिक रोजगारीमा गएकाहरूले आवेदन दिन सक्नेछन् ।

प्रकाशित समय : १४:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु