काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भ्रष्टाचारमा प्रधानमन्त्रीको कमजोर बोली !

8.99K
shares

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक कार्यक्रमको आयोजना गरेको थियो । जसको प्रमुख अतिथि थिए प्रधानमन्त्री शेरबहादुर देउवा । प्रधानमन्त्रीको हैसियतमा बोलेका देउवाले भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण रहेको बताए । भ्रष्टाचारका बहुआयामिक स्वरूप, कारण र प्रभाव हुने भन्दै देउवाले भ्रष्टाचारको नियन्त्रण हरेक दिन चुनौतीपूर्ण बन्दै गएको बताएका थिए ।

भ्रष्टाचार नियन्त्रणको पहिलो पहलकदमी प्रधानमन्त्रीकै तहबाट हुन आवश्यक छ । तर प्रधानमन्त्री देउवाको अभिव्यक्ति नियन्त्रणभन्दा धेरै अनियन्त्रित हारको मानसिकताबाट आएको देखिन्छ । देउवाले भ्रष्टाचारलाई स्वीकार्दै यसको नियन्त्रण नहुने आत्मसमर्पणभावसमेत अभिव्यक्तिमार्फत दर्शाएका छन् । प्रधानमन्त्रीको तहबाट यो खाले कमजोर अभिव्यक्ति आउनु भ्रष्टाचारीलाई तह लगाउनुभन्दा बढी भ्रष्टाचार गर्न खुला छ भन्ने सन्देश दिनु हो । किनकि आँकडाले त्यस्तै बताउँछ ।

गतबर्ष भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पहिलो त्रैमासिक अर्थात साउनदेखि असोजसम्म ४ हजार ३ सय ८१ उजुरी परेको तथ्यांक सार्वजनिक गरेको थियो । योबर्ष त्यहि अवधिको तथ्यांकलाई हेर्दा उजुरीको संख्या बढेर ५ हजार ७ सय १० पुगेको छ । अर्थात भ्रष्टाचार बढेको छ, अनि उजुरीको संख्या पनि बढेको छ । यो कुरा प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि थाहा छ । दिनानुदिन बढेको आँकडाले भ्रष्टाचारसमेत बढाएको स्वीकार्दै देउवाले नियन्त्रण चुनौतीपूर्ण रहेको बताएका हुन् ।

भ्रष्टाचार नियन्त्रणमा चुनौती रहेको भन्दै प्रधानमन्त्रीबाटै हरेश खाने अवस्था आएपछि आँकडा घट्नुको साटो झन बढ्नेछ भन्नेमा दुईमत रहेन ।

गत आर्थिक बर्षको पुरा अवधिमा २४ हजार ३ सय ३३ वटा भ्रष्टाचारका उजुरी परेका थिए । त्यसमध्ये १३० वटा उजुरीउफर अनुसन्धान गरि अख्तियारले विशेष अदातलमा मुद्धा दायर गरेको छ । अघिल्लो आर्थिक बर्षमा कुनै पनि प्रक्रिया सुरु नभएका ७ हजार १ सय ६२ उजुरीको यो आर्थिक बर्षमा जिम्मेवारी सरेको छ । चालु बर्षको साउनदेखि मंसिर २१ सम्मको अवधिलाई हेर्दा अख्तियारले ५७ वटा मुद्धा दायर गरेको छ । मंसिरसम्म मात्रै ६ हजार ४ सय २६ उजुरी परेका छन् । भ्रष्टाचारविरुद्धको अभियानले भ्रष्टाचारी घटेको, भ्रष्टाचार न्यून हुँदै गएको सन्देश दिनुपर्ने हो । तर अख्तियारको आँकडाले भ्रष्टाचार बढिरहेको सन्देश दिएको छ । किनकि मंसिरसम्मको अवधिमा गतबर्षभन्दा झण्डै दुई हजार बढीले उजुरी थपिएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनल भन्छ – नेपाल भ्रष्टहरुको देश हो । मापन सूचकांक १०० मा ३२ अंक मात्रै नेपालले पाएको छ । ५० भन्दा कम अंक पाउने देशलाई अति भ्रष्टाचार हुने देशको सूचीमा राखिन्छ ।

भ्रष्टाचार धारणा सूचकांककोे मान ० देखि १०० सम्म हुन्छ । जसमा ० ले अत्यन्तै धेरै भ्रष्ट मुलुकको संकेत गर्छ भने १०० ले उच्च सुशासन भएको मुलुक जनाउँछ । नेपालले १०० मा ३३ अंक पाउनु भ्रष्टाचार तीव्र र गहिरो भन्ने हो ।

संसारका सबैभन्दा कम भ्रष्ट मुलुकमा डेनमार्क, फिनल्यान्ड र न्यूजिल्यान्ड छन् । यी तीन मुलुकले १०० मा ८८ अंक पाएका छन् ।

संसारका सबैभन्दा धेरै भ्रष्ट मुलुकमा दक्षिण सुडान, सिरिया, सोमालिया जस्ता अफ्रिकी देशहरू छज् । वरीयताक्रममा १८० औं नम्बरमा रहेको दक्षिण सुडानले १०० मा ११ अंक मात्रै पाएको छ ।

छिमेकी देश भारतको वरीयताक्रम ८५ औं स्थानमा छ । भारतले १०० मध्ये ४० अंक पाएको छ । यस्तै, ६६ औं स्थानमा रहेको चीनले १०० मा ४५ अंक पाएको छ । अर्थात यी देशमा नेपालभन्दा कम भ्रष्टाचार छ । जुन नाजुक अवस्था हो ।

यसको अर्थ नेपाली अर्थतन्त्र डरलाग्दो अवस्थाबाट थप गुज्रिने छ । यसले सुधारको सम्भावनालाई अन्त्य गरेको छ । किनकि नेतृत्व र प्रणाली फेरि पनि उही रहँदा सुधारको आश गरिएको छैन ।