global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ ‘खल्तीमा बैंक लिंक’ अफर : टीभी जित्ने मौका, सय रुपैयाँ बोनस

‘खल्तीमा बैंक लिंक’ अफर : टीभी जित्ने मौका, सय रुपैयाँ बोनस

‘खल्तीमा बैंक लिंक’ अफर : टीभी जित्ने मौका, सय रुपैयाँ बोनस

खल्तीले आफ्ना प्रयोगकर्ताहरूका लागि ‘खल्तीमा बैंक लिंक’ अफर ल्याएको छ । यस अफरअन्तर्गत खल्तीले आफ्नो लिंक गरिएको बैंक खातामार्फत भुक्तानी गर्ने योग्य प्रयोगकर्ताहरू मध्ये दैनिक एक जना भाग्यशाली विजेतालाई ३२ इन्चको टीभी जित्ने मौका प्रदान गर्दैछ ।

यसका साथै, प्रयोगकर्ताहरूले आफ्नो पहिलो पटक लिंक गरिएको खाताबाट पहिलो भुक्तानी गर्दा रु. १०० को बोनस तत्काल पाउनेछन् । यो बोनस खल्तीमा पहिलो पटक आफ्नो बैंक खाता लिंक गर्ने र आफ्नो लिंक गरिएको बैंक खाताबाट पहिलो भुक्तानी पूरा गरेका प्रयोगकर्ताहरूका लागि लागू  हुनेछ ।

यसैबीच, यस अफर अवधिमा आफ्नो लिंक गरिएको बैंक खाताबाट भुक्तानी गर्ने प्रयोगकर्तामध्ये हरेक दिन एकजना भाग्यशाली प्रयोगकर्तालाई ३२ इन्च टीभी प्रदान गरिनेछ । खल्ती प्रयोगकर्ताहरूसँग बैंक खाता लिंक गर्नको लागि उनीहरूको केवाईसी प्रमाणित हुनुपर्छ ।

यस अफरको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘यस अफरमार्फत हामी प्रयोगकर्ताहरुलाई डिजिटल भुक्तानी गर्ने बानी बस्न प्रोत्साहित गर्न चाहन्छौं । खल्ती प्रयोगकर्ताहरूले अब आफ्नो लिंक गरिएको बैंक खाताबाट प्रत्यक्ष भुक्तानी गर्न सक्ने भएकाले वालेट ब्यालेन्स रिलोड गर्ने समस्याको सामना गर्नु पर्दैन ।’

यस अफरलाई थप आकर्षित बनाउदै खल्तीले हरेक हप्ताको सोमबार र बिहीबार फायर सेल पनि ल्याएको छ । प्रयोगकर्ताले बिजुलीको बिल, ल्यान्डलाइन, चलचित्र, इन्टरनेट डाटा प्याक, जीवन बिमा जस्ता सर्भिसमा हरेक दिउँसो १ बजे फायर सेलको लागि ५० प्रतिशतसम्म क्यासब्याकको प्राप्त गर्न सकिनेछ ।

खल्तीमा बैंक खाता लिंक भएपछि, प्रयोगकर्ताहरूले युटिलिटी बिल, क्यूआर स्क्यान गरी भुक्तानी, उडान टिकट, बिमा भुक्तानी, मूभी टिकट, अन्य बैंक खातामा रकम ट्रान्सफर गर्ने जस्ता अन्य धेरै भुक्तानी सिधै र छिटै लिंक गरिएको बैंक खाताबाट गर्न सक्दछन् । यो अफर मंसिर २२ देखि माघ ७ २०७९ सम्म लागू हुने जनाइएकाे छ । साथै, यदि बैंक खाता लिंक गरिएको छ भने खल्ती प्रयोगकर्ताले वालेट ब्यालेन्स लोड गर्न आवश्यक पर्दैन ।

यसलगत्तै, खल्तीले आफ्नो चलिरहेको ‘खल्तीमा आइमा ई-स्कुटर’ अफर पनि सञ्चालन गरिरहेको छ जहाँ प्रयोगकर्ताहरूले रु १०० को टपअपमा एआईएमएस टाइगर एस५ईभी स्कुटर जित्न योग्य हुनेछन् । यसका साथै हरेक हप्ता एक जना भाग्यशाली विजेताले एआईएमएस गुडिज जित्ने मौका पाउनेछन् । तसर्थ, जो कोहीले आफ्नो बैंक खाता लिंक गरी भुक्तानी गर्छ भने दुवै प्रस्तावमा भाग लिन योग्य छन् ।

प्रकाशित समय : ११:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु