काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

लघुवित्तले असुलेको ३० करोड फिर्ता गराउँदै राष्ट्र बैंक

10.65K
shares

लघुवित्त वित्तीय संस्थाहरूले नियमविपरीत असुलेको झन्डै ३० करोड रुपैयाँ फिर्ता गर्नुपर्ने भएको छ । गत आर्थिक वर्ष ०७८र७९ को वार्षिक साधारणसभा गर्ने अनुमतिका लागि सेवाग्राहीबाट नियमविपरीत असुलेको सेवा शुल्क फिर्ता गर्नुपर्ने राष्ट्र बैंकको निर्देशनपछि लघुवित्त वित्तीय संस्थाहरूले उल्लिखित रकम फिर्ता गर्नुपर्ने भएको छ ।

गत कात्तिकमा लघुवित्त वित्तीय संस्थाहरूलाई नियमविपरीत सेवाग्राहीबाट असुलेको सेवा शुल्कबापतको रकम फिर्ता गरेर मात्र गत आवको साधारणसभाको अनुमति लिन आउन राष्ट्र बैंकले निर्देशन दिएको थियो । तोकेको भन्दा बढी सेवा शुल्क असुलेको भए त्यसको विवरण पठाउन पनि भनिएको थियो ।

सोही निर्देशनअनुसार अहिले संस्थाहरूले धमाधम साधारणसभाको अनुमति माग्दै राष्ट्र बैंकमा आवेदन दिन थालेका छन् । यसरी आवेदन दिनेहरुमध्ये २० करोड र बाँकीको रकम जोड्दा ३० करोड हुने भन्दै राष्ट्र बैंकले फिर्ता गर्न निर्देशन दिएको हो ।

मुलुकभरका ६५ मध्ये बुधबारसम्म करिब २ दर्जन संस्थाको आवेदन प्राप्त भए पनि थोक कारोबार गर्ने ४ वटाबाहेक कुनै पनि लघुवित्तले अनुमति नपाएको स्रोतको भनाइ छ ।

राष्ट्र बैंकले लघुवित्तका लागि पनि सेवा शुल्कमा सीमा तोकिदिएको छ । तर, केही संस्थाले एक वर्षका लागि प्रवाह गरेको कर्जालाई उक्त अवधिभित्रै २र३ पटकसम्म नवीकरण गर्न लगाएको, बढी ब्याजदर असुलेको पाइएपछि नियमविपरीत असुल गरेको ब्याज फिर्ता गर्न भनिएको हो ।