nmb bank

गृहपृष्ठ एमालेको सचिवालय बैठक आज, समानुपातिकको टुंगो लगाउने

एमालेको सचिवालय बैठक आज, समानुपातिकको टुंगो लगाउने

एमालेको सचिवालय बैठक आज, समानुपातिकको टुंगो लगाउने

नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित सांसदको नाम टुंगो लगाउन सचिवालय बैठक बस्न लागेको हो ।

एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले समानुपातिकतर्फका सांसदको नामबारे छलफल गरेर सुझाव दिन र आमनिर्वाचनको प्रारम्भिक समीक्षाका लागि बैठक डाकिएको बताए ।

निर्वाचन आयोगले राजनीतिक दलले समानुपातिकतर्फ प्राप्त गरेको सिट संख्या टुंग्याएर निर्वाचित हुने सांसदको नामबारे सुझाव मागिसकेको छ ।

प्रतिनिधिसभामा समानुपातिकतर्फ एमालेले ३४ सिट पाएको छ ।

प्रकाशित समय : १०:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु