तनहुँमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु
वि.सं.२०७९ मंसिर २२ बिहीवार १६:०७
shares

तनहुँमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । आँबुखैरनी गाउँपालिका(२ मार्की चोकमा बिहीबार भएको सवारी दुर्घटनामा स्याङ्जाको हरिनास गाउँपालिका – २ की ५५ वर्षीया लालुमाया थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको जिल्ला अस्पताल चितवनमा उपचारको क्रममा मृत्यु भएको हो ।
आँबुखैरेनीबाट डुम्रेतर्फ जाँदै गरेको बा३ख २७ १६ नम्बरको माइक्रो बस सोही दिशातर्फ जाँदै गरेको ना७ख २४७८ नम्बरको ट्रकको पछाडि ठोक्किएको थियो । घाइतेमध्ये एकजनाको चितवन कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचार भइरहेको छ । अन्य नौजनाको तनहुँको आँबुखैरेनीस्थित हाडजोर्नी अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

























