काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बागमती प्रदेशसभामा पुरुषकै वर्चश्व

7.52K
shares

बागमती प्रदेशसभामा प्रत्यक्षतर्फ पाँचजना महिला सांसद निर्वाचित भएका छन् । कूल ६६ सिट रहेको यस प्रदेशमा ६१ सिटमा भने पुरुष सांसदकै वर्चश्व छ ।

बागमती प्रदेशमा १५ सिटसहित पहिलो दल बनेको नेपाली कांग्रेसबाट २ जना महिला निर्वाचित भएका छन् । काठमाडौंबाट हरिप्रभा खड्गी र सिन्धुपाल्चोकबाट मसिना खड्का निर्वाचित भएका हुन् ।

१४ सिटसहित दोस्रो बनेको नेकपा माओवादी केन्द्रबाट पनि दुईजना महिला सांसद निर्वाचित भएका छन् । माओवादीबाट विजयी हुनेहरूमा राधिका तामाङ नुवाकोट र कुमारी मुक्तान मकवानपुर रहेका छन् ।

बागमतीमा १३ सिट जितेको नेकपा एमालेबाट महिला सहभागीता शून्य छ । ५ सिट जितेको नेकपा एकीकृत समाजवादीबाट एक जना महिला निर्वाचित भएकी छन् ।

एकीकृत समाजवादीको तर्फबाट काठमाडौंंबाट प्रदेशसभामा रमा आले मगर निर्वाचित भएकी हुन् । यस प्रदेशमा नेपाल मजदुर किसान पार्टी एक र हाम्रो नेपाली पार्टी एक स्थानमा विजयी भएका छन् ।