global ime bank Long Banner Ad

गृहपृष्ठ शुक्रबार एमाले सचिवालय बैठक बस्दै

शुक्रबार एमाले सचिवालय बैठक बस्दै

नेकपा एमालेले शुक्रबार सचिवालय बैठक डाकेको छ । एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक डाकिएको जानकारी दिए ।

उनका अनुसार बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल गरिने छ । निर्वाचन आयोगले बुधबार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम पठाउन निर्देशन दिएको छ ।

एमालेले प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा ४४ सिट र समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ ।

प्रकाशित समय : १४:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु