global ime bank Long Banner Ad

गृहपृष्ठ बैतडी हत्या प्रकरण : दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन दलित अधिकारकर्मीको माग

बैतडी हत्या प्रकरण : दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन दलित अधिकारकर्मीको माग

बैतडी हत्या प्रकरण : दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन दलित अधिकारकर्मीको माग

घाँटी रेटी हत्या गरिएकी बैतडीको पञ्चेश्वर गाउँपालिका-४ फ्याउलीकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न अभियुक्तलाई तत्काल पक्राउ गर्दै कानुनी दायरामा ल्याउन दलीत अधिकारवादी संघ संस्थाहरूले माग गरेका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै नौ वटा दलीत अधिकारकर्मी संघ संस्थाहरूले हत्यारालाई कानुनी दायरामा ल्याउन तथा घाइते १५ वर्षीय नेहा लुहारको नि:शुल्क उपचार र परीवारलाई क्षतिपूर्ति दिन माग गरिएको छ ।

दलीत साहित्य सोपान धनगढीका अध्यक्ष गणेश नेपालीले घटनाको अनुसन्धान गर्न ढिलाइ गर्न नहुने बताएका छन् । अनुसन्धानमा ढिलाइ हुँदा अभियुक्त फरार हुने सम्भावना उच्च हुने बताउँदै उनले दोषिलाई चाडोभन्दा चाडो कानुनी दायरामा ल्याउन माग गरेका छन् ।

दलीत साहित्य सोपान धनगढी, एएडिएसडब्लुव कैलाली, दलीत महिला संघ (फेडो), राष्ट्रिय दलीत नेटवर्क, नेपाल दलीत मुक्ति संगठन सुदूरपश्चिम प्रदेश, दलीत गैर सरकारी संस्था महासंघ, संघीय दलीत मुक्ति मोर्चालगायत संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै दोषिमाथि कारबाहीको माग गरेका छन् ।

मंगलबार घरबाट लुगा सिलाउन भनी कुलाउ गएकी मायाको बुधबार शिवनाथ–६ स्थित शिवनाथ मन्दिर नजिकै घाँटी रेटी हत्या गरेको अवस्थामा फेला परेकी थिइन् । उनको शवको पोष्टमार्टम गरी आफन्तलाई बुझाएको प्रहरीले बताएको छ । उनीसँगै गएकी नेहा लुहार घाँटीमा धारिलो हतियार प्रयोग गरी घाइते अवस्थामा फेला परेकी थिइन् । उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित समय : १८:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु