काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

गरिमा बैंकको एपबाट क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने

12.89K
shares

गरिमा विकास बैंकको मोबाइल बैकिङबाट अब नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ ।

बैंकका ग्राहकहरुले गरिमा डिजिटल बटुवा एप को प्रयोग गरेर बिभिन्न मर्चेन्ट तथा पेमेन्ट गेटवेहरुमा रहेको नेपाल पे क्युआर स्क्यान गरी क्यूआरमार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् । यसका साथै, बैंकले नेपाल पे क्यूआरमा विभिन्न मर्चेन्टहरु आवद्ध गराउने कार्यको पनि थालनी गरेको छ ।

बैंकका व्यापारिक ग्राहकहरु मर्चेन्टको रुपमा आवद्ध भएर आफ्ना ग्राहकहरुबाट गरिमा डिजिटल बटुवा अथवा नेपालपे क्यूआरमा आवद्ध अन्य मोबाइल बैंकिङ एप वा वालेट एपमार्फत सिधै आफ्नो खातामा भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

गरिमा विकास बैंकले नेपालभरी १२१ वटा शाखा कार्यालय र ५१ एटीएममार्फत सेवा प्रदान गरिरहेको छ ।