गृहपृष्ठ ‘निजी क्षेत्र सशंकित हुनु पर्दैन’
‘निजी क्षेत्र सशंकित हुनु पर्दैन’

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधारोन्मुख भएको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औं वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनले विदेशी मुद्रा सञ्चिति बढ्दै गएको र समस्या समाधान भइरहेको बताए ।
बजार सुधारका लागि आफूहरु खुला भएको भन्दै उनले यसबाट निजी क्षेत्र सशंकित हुनु नपर्ने बताए । ‘समस्या समाधानका लागि हामी खुला छौं,’ उनले भने, ‘केही समस्या छन् भने समाधानका लागि हामी खुला छौँ ।’
गभर्नर अधिकारीले गत वर्ष ८८ अर्ब शोधनान्तर घाटा रहेकामा यस वर्ष छ अर्ब बचत रहेको बताए ।
प्रकाशित समय : १४:२८ बजे