गृहपृष्ठ ग्रेडरले किच्दा साइकलयात्रीको मृत्यु
ग्रेडरले किच्दा साइकलयात्रीको मृत्यु

कैलालीको धनगढी उपमहानगरपालिका-५ हसनपुरस्थित सडक पिच गरिरहेको ग्रेडरले किच्दा एक किशोरीको मृत्यु भएको छ ।
साइकल चलाइरहेकी किशोरीको ग्रेडरले ब्याक गर्ने क्रममा किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा धनगढी-५ तारानगरकी १५ वर्षीय चेतना साउद हुन् ।
बिहीबार बिहान साढे १० बजेतिर सडक पिच गरिरहेको ना१क ९७५ नम्बरको कालिका कन्ट्रक्सनको ग्रेडरले ब्याक गर्ने क्रममा साइकलयात्री साउदलाई ठक्कर दिँदा दुर्घटना भएकाे हो ।
ग्रेडर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रकाशित समय : १४:०० बजे