global ime bank Long Banner Ad

गृहपृष्ठ गोल्डेन ओकको ‘कमेडी यात्रा’ आयोजना हुँदै

गोल्डेन ओकको ‘कमेडी यात्रा’ आयोजना हुँदै

गोल्डेन ओकको ‘कमेडी यात्रा’ आयोजना हुँदै

मदिरा ब्राण्ड गोल्डेन ओक ब्लेन्डेड माल्टले नेपालीहरुलाई हाँसोको नौलो संगालो दिने क्रममा गोल्डेन ओकको कमेडी यात्रा गर्ने भएको छ ।

गत साउनमा पनि कम्पनीले बिर्तामोड, दमक, इटहरी, विराटनगर र धरानमा सफलतापूर्वक यात्रा सम्पन्न गरेको थियो । उक्त कमेडी यात्रामा माया पाएको भन्दै कम्पनीले गाइघाटमा यही मंसिर १५ गते, मलंगवामा मंसिर १६ गते, वीरगञ्जमा मंसिर १७ गते, चन्द्रपुरमा मंसिर १८ गते, टाँडीमा मंसिर १९ गते र नारायणगढमा मंसिर २० गते कार्यक्रम आयोजना गर्न लागेको हो ।

गोल्डेन ओकद्वारा आयोजित मंसिर १५ गतेदेखि हुन लागेको कमेडी यात्रामा पनि जितु नेपाल, सुरेन्द्र केसी, मिलन नेवार, निरज नेपाल, सुमन कार्की र शिव शंकर रिजालले दर्शकहरुका लागि मनोरञ्जन र कमेडी प्रस्तुति दिनेछन् ।

यस कमेडी यात्रालाई पनि दर्शकहरुले पहिलेजस्तै माया गरेर सफल बनाउने विश्वास रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित समय : २१:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु