गृहपृष्ठ रियलमीको ‘उत्सवको बहार, हरेक दिन उपहार’ क्याम्पेनको विजेता घोषणा

रियलमीको ‘उत्सवको बहार, हरेक दिन उपहार’ क्याम्पेनको विजेता घोषणा

रियलमीको ‘उत्सवको बहार, हरेक दिन उपहार’ क्याम्पेनको विजेता घोषणा

सर्वाधिक लोकप्रिय टेक्नोलोजी ब्रान्ड रियलमीले ‘उत्सवको बहार, हरेक दिन उपहार’ क्याम्पेनको विजेताहरु घोषणा गरेको छ । गत असोज १० गतेदेखि गते कात्तिक १४ गतेसम्म सुरु भएको उक्त क्याम्पेनका विजेताहरुलाई यही मंसिर ११ गते पुरस्कार प्रदान गरिएको हो ।

जसअन्तर्गत बुटवलकी सन्ध्या सिंह ठकुरी (गौरा कालिका मोबाइल)ले ६५ इन्चको कोनका ४के टेलिभिजन र बाग्लुङका पूर्ण बहादुर मल्ल (अलिशामोबाइल सेन्टर)ले ७ केजीको वाशिङ मेसिन जित्न सफल भएका छन् । त्यस्तै सामाखुशीका सुजन बस्नेतले (लमजुङ इलेक्ट्रोनिक्स)ले रियलमी ९ ४ जि (८/१२८जीबी) जित्न सफल भए ।

रियलमीले चाडबाडको समयमा आफ्ना उपभोक्ताहरुलाई स्मार्टफोन, टेलिभिजन, वाशिङ मेसिन लगायतका विभिन्न उपहारहरु प्रदान गर्ने अफर ल्याएको थियो । त्यस्तै उक्त अफरमा डेली प्राइजअन्तर्गत कोनका मिक्सर, हिटर, भ्याकुम क्लिनर, राइस कुकर, रियलमी सि ३०(२३२ जीबी) लगायतका उपहारहरु पनि समावेश थिए ।

पुरस्कार विजेताहरुलाई बधाई दिँदै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने, ‘यस रियलमी उत्सवको बहार हरेक दिन उपहारमा सहभागी भएका सम्पूर्ण उपभोक्ताहरुलाई धन्यवाद र बम्पर पुरस्कार जित्न सफल सम्पूर्ण विजेताहरुलाई हार्दिक बधाई दिन चाहन्छु । हामी सँधै हाम्रा उपभोक्ताहरुको लागि सुपथ मुल्यमा र सही समयमा नवीनतम प्रविधिहरु प्रदान गर्न तत्पर छौँ । यसै कारणले गर्दा हामीलाई हाम्रा उपभोक्ताहरुले सदैव माया गरिरहनुभएको छ, साथ दिनुभएको छ । तपाईंहरुको यो माया र विश्वासप्रति हामी सदैव आभारी छौं ।’

रियलमीले नवीनतम प्रविधियुक्त फोनहरु सर्वसुलभ मूल्यमा बजारमा उपलब्ध गराउँदै आएको छ । नेपालीहरुको महान चाड विजयादशमी, दिपावली तथा छठको उपलक्ष्यमा रियलमीले आफ्ना उपभोक्ताहरुको लागि आकर्षक अफर ल्याएको थियो । आफूले खरिद गरेको सेटको मोडल, आइएमईआइ नम्बर, आफ्नो नाम लगायतका विवरणहरु रियलमीको वेबसाइटमा दर्ता गरेका उपभोक्ताहरुलाई यस अफरमा सहभागी गराइएको थियो ।

प्रकाशित समय : १२:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु