गृहपृष्ठ सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो

नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो कारोबार दिन प्रतितोला एक सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला दुई सय रुपैयाँ बढेको हो ।
आज छापावाल सुन प्रतितोला ९७ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । मंगलबार छापावाल सुन प्रतितोला ९७ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार बुधबार चाँदीको मूल्य पनि सामान्य वृद्धि भएकाे छ । आज चाँदी प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित समय : ११:१४ बजे