गृहपृष्ठ सानिमा बैंकको मुद्दती निक्षेप कर्जा अनलाइनबाटै
सानिमा बैंकको मुद्दती निक्षेप कर्जा अनलाइनबाटै

सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि मुद्दती निक्षेप कर्जाको आवेदन अनलाइनमार्फत दिन सकिने व्यवस्था गरेको छ ।
याे सेवा प्रयोग गर्न ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइटमा ‘अप्लाई लोन अप टु फाइभ लाख अगेन्सट एफडी’मा क्लिक गरी आवश्यक विवरण भरेपश्चात मुद्दती निक्षेप कर्जाका लागि आवेदन दिन सक्नेछन् ।
अनलाइनबाट आवेदन दिएको मुद्दती निक्षेप कर्जा, मुद्दती रकमको बढीमा ९५ प्रतिशत वा अधिकतम ५ लाखमध्ये जुन कम हुन्छ, उक्त रकम तुरुन्तै प्राप्त गर्न सक्नेछन् । हाल बैंकले रेमिट्यान्स मुद्दतीमा १३.५१ प्रतिशत, मुद्दतीमा १२.१३३ प्रतिशत, रेमिट्यान्स बचत खातामा १०.१३३ प्रतिशत र बचत खाताहरुमा ९.१३३ प्रतिशत सम्मको ब्याजदर प्रदान गर्दै आइरहेको छ ।
सानिमा बैंकको सातै प्रदेशमा १३० वटा कार्यालय र १२३ वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गरिरहेकाे छ ।
प्रकाशित समय : १९:५२ बजे