गृहपृष्ठ ‘उत्साहित’ जापान कोस्टारिकासँग स्तब्ध
‘उत्साहित’ जापान कोस्टारिकासँग स्तब्ध

कतारमा जारी फिफा विश्वकप फुटबलमा जापान कोस्टारिकासँग पराजित भएकाे छ । पहिलाे खेलमा जर्मनीलाई हराएर उत्साहित बनेकाे जापान आज काेस्टारिकासँग स्तब्ध बनेकाे हाे ।
अहमेद बिन अलि स्टेडियममा आइतबार भएको खेलमा कोस्टारिकाले जापानलाई १-० गोल अन्तरले हराएको हो । कोस्टारिकाको जितमा केयशेर फुलेरले ८१औं मिनेटमा निर्णायक गोल गरे ।
याे जितसँगै कोस्टारिकाले नकआउट चरणमा पुग्ने सम्भावना जीवितै राखेको छ । पहिलो खेलमा कोस्टारिका स्पेनसँग पराजित भएको थियो ।
जापानको यो पहिलो हार हो । जापानले पहिलो खेलमा जर्मनीलाई हराएको थियो । जापान २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
प्रकाशित समय : १७:५७ बजे