गृहपृष्ठ लैंगिक हिंसाविरूद्ध वाकाथन (फाेटाेफिचर)
लैंगिक हिंसाविरूद्ध वाकाथन (फाेटाेफिचर)

संयुक्त राष्ट्रसंघको लैंगिक हिंसा विरूद्धको १६ दिने अभियानको दोस्रो दिन काठमाडौंमा लैंगिक हिंसाविरूद्ध वाकाथन सम्पन्न भएको छ । जोन्टा क्लब अफ काठमाण्डूले दरबारमार्गबाट निकालेको वाकाथनमा सयौं मानिसको सहभागिता रहेको थियो ।
महिला तथा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सक्रियता प्रवर्द्धन गर्न वाकाथनको आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ । बसन्तपुर दरबार स्क्वायरमा पुगेर कोण सभामा परिणत भएको वकाथनमा कथा घेराले लैंगिक हिंसाविरूद्ध सशक्त सन्देश सहितको नाटक प्रस्तुत गरेर कार्यक्रमको समापन भएको थियो ।
प्रकाशित समय : १७:५० बजे