गृहपृष्ठ सञ्चारमन्त्री कार्कीको क्षेत्रमा मतगणना रोकियो, एमालेलाई मत थपिदिएको आराेप
सञ्चारमन्त्री कार्कीको क्षेत्रमा मतगणना रोकियो, एमालेलाई मत थपिदिएको आराेप

सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार रहेको सुनसरी-४ मा मतगणना रोकिएको छ ।
कांग्रेस प्रतिनिधिहरूले शुक्रबार राति एमालेका नाममा ६०५ मत थपिदिएको भन्दै विरोध गरेपछि मतगणना रोकिएको हो । रोकिएको मतगणना सुचारू गर्न अहिले सर्वदलीय बैठक बसिरहेको छ ।
पछिल्लो मतपरिणामअनुसार कार्कीले २१ हजार ६ सय ७८ मत पाएका छन् भने नेकपा (एमाले)का जगदीशप्रसाद कुसियैतले २१ हजार ६ सय ३ मत ल्याएका छन् ।
प्रकाशित समय : १७:३३ बजे