गृहपृष्ठ महोत्तरी-१ को मतगणना अवरुद्ध

महोत्तरी-१ को मतगणना अवरुद्ध

महोत्तरी-१ को मतगणना अवरुद्ध

महोत्तरी १ को मतगणना अवरुद्ध भएको छ । समानुपातिक मतगणनाको मतपरिणाम सही नभएको भन्दै जनमत पार्टीले विवाद गरेपछि मतगणना एक घण्टादेखि रोकिएको हो ।

‘गणानाका क्रममा जनमत पार्टीको मत भएभन्दा कम भयो । त्यसैले अहिले हामीले मतगणना स्थगित गरेर छलफल गर्न अनुरोध गरेका छौं,’ जनमत पार्टीका नेताले भने ।

महोत्तरी १ मा कहिले क्रस मत त कहिले बदर मतका विषयमा यत्तिकै पनि मतगणना सुस्त बनिरहेको बेला जनमत पार्टीको विवादले मतगणना थप लम्बिएको छ । निर्वाचन अधिकृत गुणराज श्रेष्ठका अनुसार छलफलबाट सहमति जुटाउन अहिले जनमत पार्टीका नेताहरूलाई बोलाइएको छ ।

तर, जनमत पार्टीले मतको विषयमा मतगणनास्थलमा घटबढ गरेको भन्दै नाराबाजी गरिरहेको छ । जनताको मतको कदर गर्नुपर्ने उनीहरूको माग छ । समानुपातिकमा मत पुनःगणना गर्नुपर्ने जनमत पार्टीका नेताहरूकाे अडान छ ।

क्रस मतलाई समेत सदर गर्ने सर्वदलीय सहमति भएपछि समानुपातिक र प्रत्यक्ष एकसाथ गणना गरिएको निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए ।

क्षेत्र नम्बर १ (ख)को मतपरिणाम सार्वजनिक भइइसकेको छ भने (क)तर्फ बर्दिबास १३, १४ र भंगाहा नगरपालिकाको ४ वटा वडा मतगणना गर्न बाँकी छ ।

प्रकाशित समय : १५:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु