nmb bank

गृहपृष्ठ ब्राजिलको जितमा रिचार्लिसनको दुई गोल

ब्राजिलको जितमा रिचार्लिसनको दुई गोल

ब्राजिलको जितमा रिचार्लिसनको दुई गोल

रिचार्लिसनको दुई गोल प्रेरित ब्राजिलले बुधबार राति कतार फिफा विश्वकप २०२२ फुटबलमा विजयी सुरुआत गरेको छ । लुसेल स्टेडियममा पाँच पटकको च्याम्पियन ब्राजिलले सर्बियालाई २–० ले पराजित गर्‍यो ।

पहिलो हाफमा कुनै गोल नहुँदा ब्राजिलले दोस्रो हाफमा दुई गोल गरेको थियो । ६२औं मिनेटमा रिचार्लिसनले अग्रता दिलाए । ७३औं मिनेटमा रिचार्लिसनले व्यक्तिगत दोस्रो गोल गरेका थिए । २५ वर्षीय रिचार्लिसनले भिनिसिअस जुनियरको पासमा गोल गरे ।

जितसँगै समूह ‘जी’ मा ब्राजिलले पहिलो खेलबाट तीन अंक जोडेको छ । सर्बिया अंकविहीन छ ।

प्रकाशित समय : ०८:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु