गृहपृष्ठ सिन्धुपाल्चोकमा गठबन्धनको जित : प्रतिनिधिसभामा बस्नेत र सापकोटा विजयी
सिन्धुपाल्चोकमा गठबन्धनको जित : प्रतिनिधिसभामा बस्नेत र सापकोटा विजयी

दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा गठबन्धनले जित हासिल गरेको छ ।
क्षेत्र नम्बर २ बाट लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार कांग्रेसका मोहनबहादुर बस्नेत विजयी भएका छन् । ११ हजार ८ सय ७४ भारी मतान्तरमा शेरबहादुर तामाङलाई हराउदै बस्नेतले जित निकालेका हुन् ।
सिन्धुपाल्चोकको २ नम्बर निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका लागि यो पहिलो जितसमेत हो ।
बस्नेतले ३९ हजार ३ सय ६७ मत ल्याउदा तामाङले २७ हजार ४ सय ९३ मत ल्याएका थिए ।
क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा एमालेलाई हराउदै लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका माधब सापकोटा विजयी भए ।
यसैगरी, क्षेत्र नम्बर २ प्रदेशसभा ‘क’मा बागमती प्रदेशका पूर्वसामाजिक विकासमन्त्री युवराज दुलाल र ख मा कृष्णकुमार तामाङ विजय भएका छन् ।
१ ‘क’ मा कांग्रेसका मसिना खड्का भण्डारी र ‘ख’ मा माओवादी केन्द्रका सरल सहयात्री पौडेल विजयी भए ।
प्रकाशित समय : ०८:४७ बजे