गृहपृष्ठ लालबाबुसँग शेखरले बदला फर्काए, मोरङ ६ बाट निर्वाचित
लालबाबुसँग शेखरले बदला फर्काए, मोरङ ६ बाट निर्वाचित
नेपाली कांग्रेसका नेता शेखर कोइराला प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनी मोरङ क्षेत्र ६ बाट विजयी भएका हुन् । कोइरालाले १२ हजार २८४ सय मत अन्तरले एमालेका निवर्तमान सांसद तथा पूर्वमन्त्री लालबाबु पण्डितलाई हराएका हुन् ।
कोइरालाले ३५ हजार २१३ मत ल्याउँदा पण्डितले २२ हजार ९२९ मत प्राप्त गरेका छन् ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधानले ९५७१ मत पाए भने राप्रपाका गोपाल क्षेत्रीले ८८२९ मत पाएका छन् ।
गत चुनावको बदला लिंदै कोइराला विजयी भएका हुन् । २०७४ को निर्वाचनमा यही क्षेत्रबाट लालबाबुले शेखर कोइरालालाई हराएका थिए ।
प्रकाशित समय : ०८:३५ बजे


















