global ime bank Long Banner Ad

गृहपृष्ठ पोर्चुगलको रोमाञ्चक जित, रोनाल्डोको कीर्तिमान

पोर्चुगलको रोमाञ्चक जित, रोनाल्डोको कीर्तिमान

पोर्चुगलको रोमाञ्चक जित, रोनाल्डोको कीर्तिमान

पोर्चुगलले बिहीबार अफ्रिकी टोली घानामाथि ३–२ को जित दर्ता गराउँदै कतार विश्वकप २०२२ को सुःखद सुरुआत गरेको छ । यस खेलसँगै क्रिस्टियानो रोनाल्डोले विश्वकपका पाँच फरक संस्करणमा गोल गर्ने कीर्तिमान बनाएका छन् ।

रोनाल्डोले सन् २००६ जर्मन विश्वकपदेखि लगातार गोल गरेका छन् । घानाविरुद्ध रोनाल्डोले पेनाल्टीमा गोल गरेका थिए । घानासँगको गोलसँगै विश्वकपमा उनको गोल संख्या आठ पुगेको छ । रोनाल्डोले एक सय ९२ खेलमा एक सय १८ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

दोहास्थित रंगशाला ९७४ मा प्राप्त पेनाल्टीलाई रोनाल्डोले गोलमा परिणत गर्दै ६५औं मिनटमा अग्रता दिलाएका थिए । घानाका कप्तान आन्द्रे आयुले ७३औं मिनेटमा बराबरी गोल गरे ।

जोआवो फेलिक्सले ७८औं मिनेटमा गोल गर्दै पोर्चुगलको अग्रता २–१ को बनाए । त्यसको दुई मिनेट नबित्दै राफेल लियोले गोल गरेका थिए । ओस्मान बुकारीले इन्जुरी समयमा गोल गरेपनि घानाले हार टार्न सकेन ।जितसँगै समूह ‘एच’मा पोर्चुगलले तीन अंक जोडेको छ । घाना अंक विहिन छ ।  दक्षिण कोरिया र उरुग्वेले भने अंक बाँडेका छन् ।

प्रकाशित समय : ०८:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु