nmb bank

गृहपृष्ठ आफ्नै चेलासँग असह्य हारको पीडामा विरोध खतिवडा

आफ्नै चेलासँग असह्य हारको पीडामा विरोध खतिवडा

आफ्नै चेलासँग असह्य हारको पीडामा विरोध खतिवडा

मकवानपुर–२ मा नेकपा एमालेको उम्मेदवार महेश बर्तौला विजयी भएका छन् । सत्तारुढ गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादिका विरोध खतिवडालाई पराजित गर्दै बर्तौला विजयी भएका हुन् ।

बर्तौलाले निकटतम् प्रतिस्पर्धी खतिवडालाई ४ हजार ५२० मतान्तरले पराजित गरेका हुन् । ८६ हजार ३ सय १ मत खसेकोमा बर्तौलाले ३४ हजार ९ सय १६ मत पाएर विजयी हुँदा खतिवडाले ३० हजार ३ सय ९६ मत पाए ।

बर्तौला निर्वाचित भएसँगै खतिवडाको अपराजित यात्रा टुंगिएको छ । यसअघि उनी लगातार ४ पटक निर्वाचित भएका थिए । अहिले पार्टी विभाजनपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको खरो विरोध बनेका विरोध खतिवडा आफ्नै चेलासँग हारेका हुन् ।

बहुदलीय प्रजातन्त्र पुनःस्थापनापछि लडेका सबै चुनाव जितेका खतिवडा आफैले राजनीतिमा लिएका बर्तौलासँग प्रतिस्पर्धामा थिए ।

खतिवडाकै ‘स्कूलिङ’बाट बर्तौला राजनीतिमा आएका हुन् । एमाले विभाजन हुनअिघ उनीहरूले नेता(कार्यकर्ताका रुपमा सँगसँगै काम गरेका थिए ।

२०७४ सालको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा खतिवडालाई जिताउन बर्तौला पनि खटिएका थिए। उनले नै खतिवडाका लागि विद्यार्थी संगठन परिचालन गरेका थिए ।

एमाले नगर कमिटीका सचिव बोलबहादुर कार्कीका अनुसार खतिवडा र बर्तौला २०६२(६३ को जनआन्दोलनमा सँगसँगै पक्राउ परेका थिए ।

बर्तौलाले विद्यार्थी राजनीतिबाट चर्चा बटुलेका हुन् । दुई पटक मकवानपुर बहुखुमी क्याम्पसको स्ववियू सभापति बनेका उनी युवा तथा विद्यार्थीमाझ लोकप्रिय छन्। मकवानपुरकै भीमफेदी गाउँपालिका–९ नामटारका उनी २०७८ असोजबाट मात्रै पार्टी राजनीतिमा प्रवेश गरेका हुन् ।

अहिले उनी एमाले बागमती प्रदेश कमिटीको उपमहासचिव छन् । युवा तथा विद्यार्थीमाझ राम्रो छबि भएकैले उनले छोटो समयमै सांसदको टिकट पाउन सफल भएको एमाले नेताहरू बताउँछन् ।

प्रकाशित समय : ०९:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु