काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

काठमाडौं १० बाट कांग्रेसका केसीको ‘ह्याट्रिक’

8.36K
shares

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका उम्मेदवार राजन केसी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । संविधानसभा निर्वाचन २०७० सालमा तत्कालीन नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाललाई पराजित गरेर संसदीय यात्रा थालेका केसीले लगातार तेस्रोपटक जित हासिल गरेका हुन् ।

बुधबार बिहान सकिएको मतगणनामा कांग्रेसका केसी १४ हजार ४ सय ४८ मत प्राप्त गरेर विजयी भएका हुन् । उनले आफ्ना प्रतिद्वन्द्वी एमालेका हिमेश केसीलाई २ हजार ६ सय ६२ मतको अन्तरले पराजित गरेका हुन् । हिमेशले ११ हजार ७ सय ८६ मत प्राप्त गरेका थिए ।

काठमाडौं १० मा राष्ट्रिय स्वतन्त्र पार्टीका बलराम थापाले ६ हजार २ सय ७७ र माओवादी केन्द्रकी उम्मेदवार अञ्जना विशंखेले ४ हजार २ सय ६० मत प्राप्त गरेर चौथो स्थानमा रहेकी थिइन् । यो निर्वाचन क्षेत्रमा पाँच दलीय गठबन्धन भएको थिएन ।