गृहपृष्ठ काठमाडौं–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पराजुली र ८ मा श्रेष्ठ विजयी
काठमाडौं–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पराजुली र ८ मा श्रेष्ठ विजयी
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुली निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत काठमाडौं क्षेत्र नं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पराजुली ८७४३ मत ल्याई विजयी भएका छन् ।
निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार श्यामकुमार घिमिरेलाई १९४३ मतान्तरले पराजित गरेका हुन् । पराजित श्यामकुमार घिमिरेले ६८०० मत ल्याएका छन् ।
काठमाडौं(७ मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार मानुषी यमि भट्टराईले ६ हजार ६३ मत ल्याएकी छिन् । योसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले ३ स्थानमा जित हात पारेको छ ।
यसअघि काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ श्रेष्ठ पनि निर्वाचित भएका थिए । उनी १० हजार १ सय ५ मत ल्याई विजयी भएका हुन् । श्रेष्ठले उनका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीलाई ४ हजार २ सय १६ मतान्तरले पराजित गरेका हुन् । पराजित सुमन सायमीले ५ हजार ८ सय ८९ मत ल्याएका छन् ।
काठमाडौं–२ मा सोबिता गौतम विजयी भएकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टी सुनसरी–२, काठमाडौं–६, चितवन–१ र २ तथा ललितपुर–३ मा अग्रस्थानमा रहेको छ ।
प्रकाशित समय : ०८:१८ बजे


















