global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ काठमाडौंमा घण्टीको जबरजस्त उदयकाे सम्भावना, चार क्षेत्रमा अग्रता

काठमाडौंमा घण्टीको जबरजस्त उदयकाे सम्भावना, चार क्षेत्रमा अग्रता

काठमाडौंमा घण्टीको जबरजस्त उदयकाे सम्भावना, चार क्षेत्रमा अग्रता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को काठमाडौंमा जबरजस्त उदयको सम्भावना देखिएकाे छ । काठमाडौंका चार निर्वाचन क्षेत्रमा लगातार घण्टीले अग्रता कायम गरिरहेको छ ।

काठमाडौं २ मा सोबिता गौतमले प्रारम्भिक मतगणनादेखि नै अग्रता कायम गरिरहेकी छिन् । एमालेका मणिराम फुयाल र राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्ती पोखरेललाई पछि पार्दै गौतम लगातार अघि छिन ।

काठमाडौं ६ मा शिशिर पोखरेल अन्य उम्मेदवारभन्दा अघि छन् । उनले कांग्रेसबाट उम्मेदवार बनेका भीमसेनदास प्रधान र एमालेका सर्वेन्द्र खनाललाई भारी मतान्तरले पछि पारिरहेका छन् ।

यस्तै, काठमाडौं ७ मा समेत घण्टीकै गणेश पराजुली अघि छन् । उनले एमालेका श्यामकुमार घिमिरे र माओवादी केन्द्रकी उम्मेदवार अस्मिता सिंह (मानुषी) यमीलाई पछि पार्दै मतान्तर बढाइरहेका छन् ।

रास्वपाकै अर्का उम्मेदवार विराजभक्त श्रेष्ठले काठमाडौं ८ बाट आफूलाई जित नजिक पुर्‍याएका छन् । विराजले हाम्रो नेपाली पार्टीका सुमन सायमी र एकीकृत समाजवादीका जीवनराम श्रेष्ठलाई पछि पार्दै ठूलो मतान्तरले अघि बढिरहेका छन् ।

रास्वपाले ललितपुर क्षेत्र नम्बर ३ मा समेत लगातार अग्रता कायम गरिरहेको छ । घण्टी उम्मेदवार तोसिमा कार्कीले ठूलो मतान्तरका साथ अग्रता कायम गरिरहेकी छन् ।एमालेका अमृत खड्का र माओवादी केन्द्रकी पम्फा भुसाललाई पछाडि पार्दै कार्कीले अग्रता लिइरहेकी छन् ।

चितवन २ मा रास्वपा सभापति रवि लामिछानेले समेत मतान्तर बढाइरहेका छन् । नेकपा एमालेका कृष्णभक्त पोखरेल र नेपाली कांग्रेसका उमेश श्रेष्ठलाई पछि छाड्दै लामिछानेले मतान्तर बढाएका हुन् । पुराना दलहरूप्रतिको असन्तुष्टि घण्टीमा अभिव्यक्त भएको कतिपयको धारणा छ । स्थापित भनिएकै दलहरूलाई निर्वाचनमा चुनौती दिएर घण्टीले जबरजस्त उदयले परिवर्तनको हुटहुटी मुखरित गरेको छ ।

प्रकाशित समय : १७:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु