global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ सप्तरीमा ८० वर्षीय वृद्धले गरे झुन्डिएर आत्महत्या

सप्तरीमा ८० वर्षीय वृद्धले गरे झुन्डिएर आत्महत्या

सप्तरीमा ८० वर्षीय वृद्धले गरे झुन्डिएर आत्महत्या

रुपनी गाउँपालिका-६ स्थित वीरेन्द्र बजारमा मंगलबार एक वृद्धले झुन्डिएर आत्महत्या गरेका छन् । ८० वर्षीय सूर्यबहादुर थापा मगरले घर नजिकैको मुंगाको रुखमा झुण्डिएर आत्महत्या गरेका हुन् ।
बिहान करिब ५ बजेतिर पासो लगाएर आत्महत्याकाे हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान छ ।

सधैं बिहानको समयमा चिया खान गाउँमै रहेको पसलमा जाने गरेका उनलाई आज पनि त्यतै गए हाेलान भनेर परिवार ढुक्क भएर बसेकाे थियाे । तर पछि झुण्डिएको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरिएकाे थियाे ।

चिया खाएर पसलबाट आउँदै उनका भाई विष्णु थापा मगरले दाजुलाई झुण्डिएकाे अवस्थामा देखेका थिए । उनले भने, ‘एकाबिहानै मुंगाको फेदमा बसिरहेकाे जस्तो देखे, चिसोमा दाई के गरेको भन्दै हेर्न जाँदा घाँटीमा पासो लागेर प्राण त्याग गरेको देखे ।’ त्यसपछि प्रहरीलाई खबर गरेको उनकाे भनाइ छ ।

मगरको शव राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा परीक्षण गरि परिवारको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएका छन् । उनको मंगलबारै अन्त्येष्टि गरिएको परिवारले जानकारी दिएका छन् ।

यसैगरी, रुपनी गाउँपालिका-१ स्थित बाघाखालमा सोमबार अन्दाजी ३२ बर्षीय एक महिला झुण्डिएको अjस्थामा मृत फेला परेका थिए ।

प्रकाशित समय : १७:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु