global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ बागलुङमा राष्ट्रिय जनमोर्चाका कार्यकर्तामाथि बुथ कब्जाको आरोप

बागलुङमा राष्ट्रिय जनमोर्चाका कार्यकर्तामाथि बुथ कब्जाको आरोप

बागलुङमा राष्ट्रिय जनमोर्चाका कार्यकर्तामाथि बुथ कब्जाको आरोप

बाग्लुङ क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चाका कार्यकर्तामाथि बुथ कब्जा गरेको आरोप लागेको छ ।

जैमिनी नगरपालिका वडा नम्बर ४ स्थित सर्ककुवा मतदान केन्द्रमा जनमोर्चा र नेकपा एकीकृत समाजवादीसमेतका कार्यकर्ताले बुथ कब्जा गरेको क्षेत्र नम्बर १ का एमालेका उम्मेदवार सूर्य पाठकले बताए ।

उनले भने, ‘जनमोर्चा र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताले एमालेका कार्यकर्तालाई खेदेर दिउँसो २ बजेदेखि बुथ कब्जा गरेका छन् ।’
उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आफूले यसबारे जानकारी गराएको र पुनः मतदान हुनुपर्ने माग गरे ।

मतपत्र कब्जा गर्ने, एमालेका कार्यकर्तालाई लखेट्ने र फर्जी मतपत्र खसाल्ने जस्ता कार्यले निर्वाचनको विश्वसनीयतामाथि प्रश्न खडा भएको उनको भनाइ छ । बागलुङ १ मा सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी उम्मेदवार छन् ।

प्रकाशित समय : १५:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु