global ime bank Long Banner Ad

गृहपृष्ठ ज्योति लाइफको साधारण सभा सम्पन्न, मर्जरको प्रस्ताव पारित

ज्योति लाइफको साधारण सभा सम्पन्न, मर्जरको प्रस्ताव पारित

ज्योति लाइफको साधारण सभा सम्पन्न, मर्जरको प्रस्ताव पारित

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले मर्जरका लागि तय भएको सेयर स्वाप रेसियोलाई स्वीकृति प्रदान गरेको छ ।

यी दुई कम्पनी १ बराबर ०.८२४५ कित्ता सेयर आदान-प्रदान गर्दै मर्जरमा जान लागेका हुन् । सभाले मर्जर कार्यका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालन समितिलाई दिने निर्णय पारित गरेको छ ।
त्यसैगरी सभाले सञ्चालक समितिले प्रस्तुत गर्ने आथिर्क वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ ।

आथिर्क वर्ष २०७७/७८ को नाफा, नोक्सान, हिसाब, नगद प्रवाह लगायतका प्रस्ताव पारित गरेको छ । बाह्य लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने र वर्तमान लेखापरीक्षक नै नियुक्तिका लागि योग्य हुने प्रस्ताव पारित गरेको छ ।

सभाले मर्जरपश्चात् सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नामाकरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यस्तै, सभाले मर्जर कार्यसँग सम्बन्धित प्रचलित कानुन, नियम, निर्देशिकाबमोजिम अपनाउनुपर्ने तथा गनुपर्ने सम्पूर्ण कार्यहरु वा प्रकृयामा पूरा गरी अन्तिम स्वीकृति लिने सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पारित गरेको छ ।

मर्जरपछि बन्ने कम्पनीको सञ्चालक समितिको अध्यक्ष केशव प्रसाद भट्टराई हुनेछन् । प्रमुख कार्यकारी अधिकृत भने ज्योति लाइफका प्रकाश बिक्रम खत्री हुने सहमति भइसकेको छ भने सूर्याका सीईओ पवन कुमार खड्का वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत हुने कम्पनीले जनाएको छ ।

प्रकाशित समय : १२:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु