गृहपृष्ठ नेपाल बैंकका कर्मचारीबीच ब्याडमिन्टन प्रतियोगिता
नेपाल बैंकका कर्मचारीबीच ब्याडमिन्टन प्रतियोगिता
नेपाल बैंक लिमिटेडले आफ्नो ८६औं बार्षिकोत्सवको अवसरमा काठमाडौं उपत्यकाभित्रका शाखाहरुमा कार्यरत कर्मचारीहरुको बीचमा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ ।
नेपाल बैंक लिमिटेड यही कात्तिक ३० गते ८६औं बर्षमा प्रवेश गर्दैछ । सोही अवसरमा आयोजित कर्मचारीमैत्री ब्याडमिन्टन प्रतियोगिता गत शुक्रबार र शनिबार आयोजना भएको थियो । प्रतियोगितामा पुरुष सिंगलतर्फ विष्णुहरि न्यौपाने र महिला सिंगलतर्फ रुपा महर्जन प्रथम, पुरुष डबलमा बाबुरत्न महर्जन एवं मनोज महर्जनको समूह प्रथम र महिला डवलतर्फ रुपा महर्जन एवं सविना थापाको समूह प्रथम भएको थियो ।
यस्तै, दोस्रो स्थानमा पुरुष सिंगलतर्फ ध्रुव दाहाल र महिला सिंगलतर्फ सविना थापा, पुरुष डबलमा गोविन्द सुवेदी एवं ध्रुव दाहालको समूह र महिला डबलतर्फ बन्दना शर्मा एवं विद्या धिताल समूह थियो । कार्यक्रमको उद्घाटन नेपाल बैंकका सञ्चालक समिति सदस्य विवेक राणाले गरेका थिए । कार्यक्रमको संयोजन एवं व्यवस्थापन खेलकुद उपसमितिले गरेको थियो ।
बैंकले नेपालभर २२२ शाखा, १९८ एटीएम मेसिनका साथै ४९ वटा एक्टेन्सन काउन्टरमार्फत करिब २३ लाख ग्राहकलाई वित्तीय सेवा पुर्याइरहेको छ ।
प्रकाशित समय : १२:४४ बजे



















