गृहपृष्ठ दोस्रो कार्यकालको लागि उम्मेदवार हुने बाइडेनको संकेत
दोस्रो कार्यकालको लागि उम्मेदवार हुने बाइडेनको संकेत
अमेरिकी राष्ट्रपति जो बाइडेनले दोस्रो कार्यकालको लागि आफू ‘फेरि उम्मेदवार बन्ने’ संकेत गरेका छन् । दोसो कार्यकालका लागि उम्मेदवार बन्ने आफ्नो मनसाय रहेको तर अर्को वर्षको सुरुमा निश्चित रूपमा निर्णय गर्ने उनले बताए ।
‘हाम्रो मनसाय फेरि प्रतिष्प्रर्धा गर्ने हो ।’, उनले आफ्नी श्रीमती जिललाई संकेत गर्दै भने । आफ्नो डेमोक्र्याटिक पार्टीले आश्चर्यजनक रूपमा बलियो प्रदर्शन गरेको मध्यावधि चुनावपछि बोल्दै उनले भने, ‘यो चुनावको नतिजा जे भएपनि हाम्रो उद्देश्य यही हो ।’
प्रकाशित समय : १०:३९ बजे




















