global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ आर्सनल र टोटनहम पराजित

आर्सनल र टोटनहम पराजित

आर्सनल र टोटनहम पराजित

प्रिमियर लिगमा महारथि क्लब आर्सनल र टोटनहम कारोबाओ कपमा पराजित हुँदै तेस्रो चरणबाटै बाहिरिएका छन् ।

आर्सनल घरेलु मैदानमा ब्राइटनसँग ३–१ स्तब्धपूर्ण नतिजा निकाल्यो ।

ब्राइटनका डेनी वेल्बेक, काओरु मिटोमा र टारिक लाम्पटेले गोल गरे । आर्सनललका एडि एनकेटिआले एक गोल गरेका थिए ।

पछिल्लो २० खेलमा आर्सनलले हारेको यो तेस्रो खेल हो । प्रशिक्षक माइकल अर्टेटाले चेल्सीसँग खेलेको टोलीबाट १० खेलाडी परिवर्तन गरेका थिए ।

अर्को खेलमा १० खेलाडीमा सिमित नटिङ्घम फोरेस्टले टोटनहमलाई २–० अन्तरले पराजित गरेको हो ।

पहिलो हाफमा दुबै टोलीले गोल गर्न सकेनन् । फोरेस्टका रेनान लोडीले खेलको ५०औं मिनेटमा अग्रता लिए ।

जस लिङ्गार्डले ५७औं मिनेटमा काउन्टरमा गोल गर्दा २–० को अग्रता बनायो । खेलको ७५औं मिनेटमा फोरेस्टका मंगलाले रातोकार्ड पाएका थिए ।

प्रकाशित समय : १०:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु