global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ भुटानलाई हराउँदै नेपाल शीर्ष स्थानमा उक्लियो

भुटानलाई हराउँदै नेपाल शीर्ष स्थानमा उक्लियो

भुटानलाई हराउँदै नेपाल शीर्ष स्थानमा उक्लियो

साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले लगातार तेस्रो जित निकालेको छ । ढाकामा बुधबार भएको खेलमा भुटानलाई १-० गोल अन्तरले हराएकाे हाे ।

नेपालको जितमा सेनु परियारले खेलको ४९औं मिनेटमा गरेकाे गाेल नै निर्णायक बन्याे । सेनु वर्षा ओलीको स्थानमा मैदान प्रवेश गरेकी थिइन् । भुटानमाथि नेपालको यो लगातार दोस्रो जित हो । पहिलो भेटमा नेपालले भुटानलाई ७-० गोलले हराएको थियो ।

यस जितसँगै नेपालले ३ खेलमा अपराजित रहँदै ९ अंक जोडेको छ । नेपाल शीर्ष स्थानमा समेत  उक्लिएको छ । चार खेलमै हारेकाे भुटान अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

आयोजक बंगलादेश ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । अब नेपालले अन्तिम खेलमा शुक्रबार बंगलादेशको सामना गर्नेछ ।

डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्ने छ ।

प्रकाशित समय : १८:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु